काठमाडौं – मलेसियाले नेपाली कामदार लैजाँदा सबै खर्च रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव नेपाल समक्ष राखेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार मलेसियाले शनिबार द्विपक्षीय समझदारी (एमओयू) गर्न पठाएको औपचारिक प्रस्तावमा नेपाली कामदार लैजाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव गरेको हो ।
मलेसिया जाने कामदारसँग विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै सरकारले गएको जेठ ३ गतेदेखि नेपाली कामदार मलेसिया पठाउन रोकेको छ ।
एक महिनाभित्र श्रम सम्झौता हुन सक्ने
मलेसियाले गरेको प्रस्तावमाथि छलफल भैरहेको मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लोपटक नेपालले उठाएका कामदारका मुद्दा सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेकाले बढीमा एक महिनाभित्र श्रम सम्झौता हुन सक्ने मन्त्रालय स्रोतको भनाई छ ।
मलेसियाले सुरुवातमा नेपाली कामदारका समस्यामा खासै चासो नदिए पनि पछिल्लो समय मलेसिया नै समस्या समाधानमा अघि बढेको छ ।
मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले मलेसियाले बङ्गलादेशसँग जस्तै नेपालसँग पनि सरकारी स्तरबाटै(जीटूजी) मार्फत नै कामदार लैजान तयार रहेको बताइसकेका छन् ।
नेपाली कामदार लैजान नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै महाथीरले नेपाल कामदार पठाउन इच्छुक रहेको र आफूहरु पनि नेपाली कामदार ल्याउन तयार भएकाले जीटूजी गर्न आतुर रहेको बताएका थिए ।
यसैगरी, मलेसियाले आप्रवासीका श्रमिकको स्वास्थ्य परीक्षणमा काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेट खारेज गरिसकेको छ । यो कम्पनीले भिसा र अन्य प्रक्रियाका नाममा नेपाली कामदारसँग धेरै रकम असुलेको पाइएपछि नेपाल सरकारले यससँग सम्बधित नेपालमा रहेको सबै कम्पनीलाई खारेज गर्दै कामदार पठाउन रोक लगाएको हो ।
जीटूजीमार्फत कामदार पठाउदाका फाइदा
वैदेशिक रोजगारीको क्षेत्रमा अहिले देखिएको मुख्य समस्या ठगी हो । चाहे त्यो सरकारले तोकेको भन्दा धेरै पैसा लिएर होस् या नेपालमा भनिए अनुसारको काम नदिएर ।
सरकारले यही समस्या कम गर्न भन्दै मलेसिया र खाडीका ६ देशमा चार वर्षअघि फ्रि भिसा, फ्रि टिकटको निर्णय गर्यो । त्यसपछि म्यानपावरहरुले ती देशहरुमा जाने कामदारसँग १० हजार रुपैयाँभन्दा धेरै लिन नपाउने भनियो । त्यो यो व्यवस्था पूर्ण रुपमा कार्यन्वयन हुन सकेन ।
नेपालमा म्यानपावरले एउटा काम भनेर सम्झौता गरेपनि विदेश पुगेपछि अर्कै काम गर्नु परेर वर्षेनि हजारौं नेपाली समस्यामा परिरहेका छन् । जीटूजीमार्फत कामदार पठाउँदा यस्ता समस्यामा पर्ने सम्भावना कम हुन सक्छ ।
यसमा माग ल्याउँदा सरकार मार्फत नै ल्याइने भएकाले भनेको काम नपाइने भन्ने हुँदैन । नेपालमा जे काम भनिएको छ, सम्बन्धित देशमा पुगेपछि त्यही काम पाइन्छ ।
कति तलब पाइने भन्ने कुरा पनि जानुअघि नै निश्चित हुन्छ । त्यसैले त्यहाँ पुगेपछि भनिएको काम र तलब नपाउने चिन्ता हुँदैन । जीटूजी प्रक्रियामा तेस्रो पक्ष सहभागी नहुने भएकाले कामदार समस्यामा परिहाले सरकारी तवरबाटै समाधान गरिन्छ
साभार उज्यालो अन्लाईन बाट
२२ वर्षदेखि वेपत्ता भएर घर फर्किएका सुवोध (सेतो सटमा ), आमा, श्रीमती र छोरीका साथमा ।
०३ भदौ २०७५ १६:१२:००
1242
SHARES
विराटनगर : विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ३० वर्षीय सुवोध विश्वकर्मा हराएको २२ वर्षपछि फर्किएका छन् ।
८ वर्षमा घर छाडेका उनी २ वर्षीया छोरी र पत्नीसहित फर्किएपछि परिवारमा खुसी छाएको छ । कहाँबाट कहाँ हिँडे भन्ने कुराको पत्तो नपाउने उमेरमा घर छाडेका उनलाई प्रविधिको विकास र प्रयोगले घरसम्म ल्याइपुर्याएको हो ।
सानै उमेरका सुवोध हराएसँगै परिवार र छिमेकी तनावमा थिए । नेपाल–भारतका विभिन्न ठाउँमा खोजी गर्दा नभेटिएपछि चिन्ता बढ्नु स्वभाविक थियो ।
‘सानो छँदै छोरो हराएपछि धेरै ठाउँमा खोज्दा पत्ता लगाउन सकेनौं,’ आमा बुचुनीदेवीले भनिन्, ‘त्यही छोरो २२ वर्षपछि घर फर्किँदा परिवारमा खुसी छाउनु स्वभाविक हो ।’
बुचुनीदेवीले छोरो भेट्टाउन छिमेकी सुनिता घिमिरेको सहयोग धेरै ठूलो देन रहेको बताइन् । सुनिताकै कारण सुवोधसँग परिवारको पुनर्मिलन सम्भव भएको हो । घरबाट बालक हराएकोबारे सुनिता जानकार थिइन् ।
उनैले भारतको बाबाधामस्थित बासुकीनाथ जाने क्रममा सुवोधलाई भेटेपछि घर फर्काउन सहयोग गरेको बुचुनीदेवीले बताइन् ।
सुवोध बाबाधाम क्षेत्रमा ट्याम्पो चलाएर गुजारा गरिरहेका थिए । सुवोधकै ट्याम्पोमा तीर्थयात्राका क्रममा चढेकी सुनिताले कुराकानीका क्रममा घरबाट भागेको बालक सुवोध नै भएको अड्कल काटिन् ।
कुराकानीका क्रममा सुवोधले बालककालका कुरा सुनाएपछि सुनिताले उनलाई परिवारसँग पुनर्मिलन गराउने योजना बनाइन् । ‘नेपालबाट आएको भनेपछि सुवोधले चासोपूर्वक सोधे,’ सुनिताले भनिन्, ‘सबै कुरा हुँदै जाँदा उनै ८ वर्षको उमेरमा घरबाट हराएका बालक रहेको थाहा भयो ।’
गफगाफका क्रममा सुवोधले धेरै वर्षअघि नेपालबाट भारत आएकाले घरबारे सबै थाहा नभएको बताएका थिए । उनले आफ्नो घर भएको ठाउँको नाम विराटनगर भएका पनि भुलिसकेका थिए ।
‘उनलाई घरबारे सम्झाउन धेरै प्रयास गरें,’ सुनिताले भनिन्, ‘पछि उसले घर छेउमा रहेको सिंगिया खोला, त्यस छेउको मन्दिर र त्यहाँका बाँदरका कुरा गरेपछि सबै कुरा खुल्यो ।’
सुवोध नेपाली बुझ्छन् तर बोल्न जान्दैनन् । ‘घरबाट हिँड्दा राम्ररी नेपाली बोल्ने गरेका थिए,’ उनले भनिन्, ‘धेरै वर्ष भएकाले नेपाली बोल्न चाहिँ बिर्सिएका रहेछन् ।’
भेट भएपछि सुवोधको मोवाइल नम्बर, फेसबुक र ह्वाट्सएप आइडी लिएर विराटनगरस्थित घर फर्किएकी सुनिताले यसबारे परिवारका सदस्यलाई जानकारी गराइन् । वाट्सएपमा पहिलो पटक कुराकानी हुँदा उनले आमालाई चिनिहाले ।
सबै कुरा मिलेपछि उनलाई घर फर्काइएको सुनिताको भनाइ छ । उनले भनिन्, ‘बालक हुँदा हराएका सुवोधलाई २२ वर्षपछि फेला पार्न सक्नु भगवानकै देन हो ।’
सुवोध शुक्रबार घर फर्किएका हुन् । घर फर्कने क्रममा सुवोध र परिवारका सदस्यबीच जोगवनी रेलवे स्टेशनमा भेट हुँदा रुवावासी नै चलेको थियो । ‘धेरै पहिले हराएको छोरो भेट्दा धेरै खुसी लाग्यो,’ बुचुनीदेवीले भनिन्, ‘पहिले पटक देख्नासाथ रुन मन लागिहाल्यो ।’
उनले त्यो रुवाईमा खुसी र दुःख दुवै मिसिएको पनि बताइन । भनिन्, ‘भेट हुँदा धेरै खुसी लागेर आँसु आयो । यत्रो वर्ष कहाँ गयो र कसरी जीवन चलायो भनेर दुःख पनि लाग्यो ।’
घर आइपुगेपछि भने सुवोध हर्षित छन् । उनले अब आफू भारत नजाने बताउँदै यतै काम गरेर जीविका चलाउने बताए । ‘विदेशमा जति दुःख गर्नु थियो गरें, अब यतै बसेर परिवारका सदस्यसँग रहन्छु,’ उनले भने ।
उनका २ वर्षकी छोरी र श्रीमती पूजा पनि साथमै छन् । ‘धेरै पहिले हामीलाई छाडेर हिँडेको भाइ फर्कँदा कम्ता खुसी लागेको छैन,’ दाजु मनोजले भने, ‘भारतमा जति दुःख गरे पनि अब भाइलाई उता जान दिँदैनौं ।’
२०५३ सालमा काका लालबहादुर विश्वकर्माको कुटाई खाने डरले उनले घर छाडेको परिवारले जानकारी दिएको छ । विश्वकर्मा परिवार विराटनगरकै सुन पसलमा कालिगढका रुपमा काम गर्दै आएको थियो ।
लालबहादुरले सुन जडानका लागि मगाएको पथ्थर र सुनको टुक्रा लुकाएपछि कुटाई खाने डरले सुवोधले घर छाडेर भागेको दाजु मनोजको भनाइ छ ।
घर छाडेपछि एउटा कारमा भारतको विहार राज्यको नलन्दा जिल्लामा पुर्याएकोसम्म आफूलाई जानकारी रहेको सुवोधले बताए । त्यसपछि उनी एउटा घरमा काम गर्न बसे ।
चार वर्षजति काम गरेपछि त्यहाँ यातना सहन नसकेर उनले त्यो ठाउँ पनि छाडेको खुलेको छ । त्यहाँबाट भागेर गुजरात, मुम्बई हुँदै बाबाधाममा पुगेर ट्याम्पो चलाउन थालेको उनले स्मरण गरे ।
त्यही ट्याम्पो चलाउने क्रममा सुवोध हराएको जानकार छिमेकीसँग उनको भेट भएपछि २२ वर्षपछि घर फर्कन सम्भव भएको हो । दाजु मनोजले भेटिएला भन्ने कुराको विश्वास नै नलागेको अवस्थामा भाइ घर फर्किएको बताए ।
‘धेरै खोज्दा पनि पत्ता नलागेपछि हामी थाकिसकेका थियौं,’ उनले भने, ‘धेरै वर्षपछि मिलन हुन्छ होला भन्ने लागेकै थिएन ।’ उनले हराएको भाइ भेट्टाउन र घर ल्याउन सहयोग गरेर सुनिताले ठूलो गुण लगाएको बताए |
४ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।
बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रामेछापका सुजन थापा मगर, काठमाडौंका रोनी श्रेष्ठ, खोटाङका भुपेन रार्इ, काभ्रेका राजु भण्डारी, भोजपुरका सुमित रार्इ, भक्तपुरका सुरेश श्रेष्ठ र सोलुखुम्बुका मिङ्मा शेर्पा छन् ।
‘एवान रेस्टुरेन्टबाट उनीहरूलार्इ पक्राउ गरिएको हो’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहको छ ।’
यसअघि अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका थिए