समाचार सङकलन गर्न गएका कार्की माथी दुव्र्यवहार
रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि नेपाल प्रहरीका अधिकारीहरुले दूव्र्यवहार गरेका छन् । रौतहतको गौरमा जारी मतगणनाको रिपोर्टिङ गर्न गएका रेडियो नेपाल र इमेज च्यानलका पत्रकार सञ्जय कार्की र स्थानीय सञ्चारमाध्ययममा कार्यरत पत्रकार रत्न अधिकारीमाथि प्रहरीले दूव्यवहार गरेको हो ।
मतगणना स्थलनजिकै रहेका उनीहरुलाई प्रहरीले हटाउन खोजेपछि समाचार संकलन गर्न तोकिएको ठाउँमा बस्न पाउनुपर्ने माग गर्दा उनीहरुमाथि दूव्र्यवहार भएको हो । प्रहरीको दूव्र्यवहारपछि आफूसँग रहेको औठी र १५ हजार रुपैयाँ नगद पनि बेपत्ता भएको पत्रकार कार्कीले गुनासो गरेका छन् । उनीहरुलाई पत्रकारले लछारपटार समेत गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका कार्कीमाथि भएको दूव्यवहारको नेपाल प्रेस युनियनले विरोध जनाएको छ । युनियनले पत्रकारहरुलाई तोकिएको ठाउँमा बसेर समाचार संकलन गर्ने अधिकार खोसिएकोमा आपत्ति जनाउँदै उनीहरुको बेपत्ता भएको नगद तथा जिन्सी पनि उपलब्ध गराईदिन समेत युनियनले प्रहरीसँग माग गरेको छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्