नतिजा सार्बजनिक न हुँदै काठमाडौं २ मा काङ्ग्रेस द्वारा हार स्वीकार
काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दिपकप्रसाद कुईकेलले आफूले जस्तोसुकै चुनावी परिणामलाई पनि स्विकार गर्ने बताउनुभएको छ ।
एमालेका उम्मेदवार माधवकुमार नेपालभन्दा करिब १० हजार बढी मतले पछाडि पर्नुभएका उहाँले आफूलाई साथ दिने मतदातालाई प्रेस बिज्ञप्ति निकालेर धन्यवाद दिनुभएको हाे । लगभग हारको संघारमा पुग्नुभएका उहाँले घुमाउँरो तरिकाले हारको स्विकार गर्नुभएको छ ।
चुनावी परिणामबाट बिचल्लित नभई देश विकासको कार्यमा सधा लागि रहने उहाँले बताउनुभयो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्