2062/63 को जन आन्दोलन ले निकै ठुलो परिवर्तन लाई परिमार्जित गरेको थियो । दस बर्से जनयुद्धको अन्त्य राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना सङ्गै संविधानसभा को चुनावी माहोल र जनताको अधिकार जनताको हातमा भन्ने नारा पनि निकै चर्चामा रह्यो । तर हिजो आज त्याही गणतन्त्र जनता हरु का लागि निकै घाँडो हुन थाकेको छ । पहिले एउटा राजाले मात्रै राज गर्थे भने अहिले सयौं राजा माहाराजा बने । हिजो हात्ती छाप चप्पल लगाएर सिंहदरबार छिरेका हरु आज करोडौं को गाडी मा हुइकिन्दा जनताको स्तरमा भने कुनै परिवर्तन भेटिएन हिजो राजतन्त्र हुदा केही कुराहरु को बजार भाउ महङ्गो थिएन । आज त्याही बजार भाउ हेर्ने हो भने उस्तै परे जनताले एउटा सिटामोल किन्ने सक्ने स्थिति छैन । सरकार सरकार भन्दै करको भारले गरिबी जनता न उठ्न सक्छन न बस्न नै । तेसैले हिजो आज टोल बस्ती हरु देखि सानो चिया पसल सम्म गणतन्त्रको खुबै बिरोध भएको देख्न सकिन्छ । जनताहरु गणतन्त्र देखि आजित बनेर राजतन्त्र नै ठिक थियो भन्ने हरुको सङ्ख्या दिनानुदिन धेरै हुँदै गएको छ । त्येसरी नै आएको एउटा सामाजिक संजाल बाट एउटा लेख लिएका छौ । यो कसरी खुशी छु भन्न सक्छौ
मैले क ख सिक्दा राजाले बनाएको स्कुलमा बाट सिके
एस एल सि दिदा पनि राजाले नै बनाएको स्कुल बाट दिए
कलेज पढ्न काठमाडौं जादा पनि राजाले बनाएको बाटोमा नै हिडे
कलेज पढ्ने हुदा पनि राजाले बनाएको कलेज मै पढे
बिदेश जाने बेलामा पनि पासपोर्ट गोजीमा बोकेर राजाले बनाएको एअरपोर्ट बाट नै गए
अनि म कसरी राजतन्त्र मुर्दाबाद र
गणतन्त्र जिन्दावाद भन्न सक्छु
गणतन्त्र ले दुख र धोका भन्दा केही दिएको छैन
रोजगारी बिना र सुबिधा बिना पाइला पाइलामा कर तिरेको छु छोटे राजा हरुको पालामा
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्