कपिलवस्तुमा फेरि बिस्पोट
कपिलवस्तु- वाणगंगा नगरपालिकाको कोपवामा नेपाली कांग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ।
कांग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन्। विस्फोटका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ।
त्यस्तै, मंगलबार बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ। बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताए। सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो।
निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा विस्फोटका घटना बढ्न थाले पनि स्थानीय प्रशासनले सानातिना विस्फोटले निर्वाचनलाई खासै असर नपुर्याउने जनाएको छ। रासस

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्