सर्लाहीमा गोलि चल्यो
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिकाको एक मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप हुँदा ४ राउण्ड गोली चलेको छ । यहाँ गोली चलेपछि स्थिति अनियन्त्रित भएको छ ।
मतदानको क्रममा नेपाली काँग्रेस तथा राजपा कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको हो। सर्लाही क्षेत्र नं। २ को कौडेना गाउँपालिका—२ जनता मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्ष आक्रमणमा उत्रिएका हुन्।
विवादले उग्र रुप लिने देखिएपछि सुरक्षाकर्मीले फायरिङ खोलेका हुन्। अहिलेसम्म चार राउन्ड फायरिङ भएको छ। स्थिति नियन्त्रणमा लिएर मतदान पुनःसञ्चालन गर्न प्रयास भइरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जनाए।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्