मतगणना जारी एमाले अग्र स्थान मै

मतगणना जारी, एमाले अग्रस्थानमा
मङ्सिर २३, काठमाडौं । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि जारी मतगणनामा प्राप्त परिणाममा नेकपा एमाले सबैभन्दा बढी सिट जित्दै अग्रस्थानमा रहेको छ ।
 
बिहविार दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै शुरु भएको मतगणनामा बाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु अधिकांस स्थानमा विजयी भएका छन् । नेपाली काङ्ग्रेस जारी मतगणनामा बाम गठबन्धनभन्दा पछाडि परेको छ । पहाड र हिमाली जिल्लाका निर्वाचन क्षेत्रमा बाम गठबन्धन र काङ्ग्रेस उम्मेदवारवीच मुख्य प्रतिस्पर्धा रहेको छ भने तराई मधेशका अधिकांश स्थानमा मधेशी गठबन्धनसहित त्रीपक्षीय प्रतिस्पर्धा रहेको छ । 
 
प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० निर्वाचन क्षेत्रमा भएको निर्वाचनको मतगणना जारी छ । शनिवार साँझ ८ बजेसम्म प्रतिनिधिसभातर्फ प्राप्त मतपरिणाम अनुसार ४८ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले २९, माओवादी केन्द्रले १०, नेपाली काङ्ग्रेस ६, नयाँ शक्ति पार्टी १, सङ्घीय समाजवादी फोरम नेपाल १ र स्वतन्त्र १ जना उम्मेदवार विजयी भएका छन् । कुल १ सय ६५ सांसदका लागि १ हजार ९ सय ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । 
 
यस्तै प्रदेशसभातर्फ ७ जना उम्मेदवार विजयी भएका छन् । जसमा एमाले अग्रस्थानमा रहेको छ भने माओवादी दोस्रो र काङ्ग्रेस तेस्रो स्थानमा रहेको छ । ३ सय ३० सांसदका लागि ३ हजार २ सय ३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।  
 
शनिवार साँझ ८ बजेसम्ममा निर्वाचन आयोगमा प्राप्त विवरण अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी हुने उम्मेदवारहरु र उनीहरुको निर्वाचन क्षेत्र यस प्रकार रहेको छ । 
 
नेकपा एमालेबाट निर्वाचित सांसदहरु :
 
  • ताप्लेजुंग १ योगेश कुमार भट्टराई
  • पाँचथर १ वसन्त कुमार नेम्वाङ्ग
  • मोरङ्ग १ घनश्याम खतीवडा
  • मोरङ्ग ३ भानु भक्त ढकाल
  • मोरङ्ग ६ लाल बाबु पंण्डित
  • खोटाङ्ग १ विशाल भट्टराई
  • ओखलढुंगा १ यज्ञ राज सुनुवार
  • दोलखा १ पार्वत गुरुङ पुरुष
  • धादिङ्ग १ भुमि प्रसाद त्रिपाठी
  • धादिङ्ग २ खेम प्रसाद लोहनी
  • काठमाडौं २ माधव कुमार नेपाल
  • काठमाडौं ३ कृष्ण बहादुर राई
  • काठमाडौं ७ राम बिर मानन्धर
  • काठमाडौं ८ जीवन राम श्रेष्ठ
  • काठमाडौं ९ कृष्ण गोपाल श्रेष्ठ
  • ललितपुर २ कृष्ण लाल महर्जन
  • ललितपुर १ नवराज सिलवाल
  • सिन्धुपाल्चोक २ शेर बहादुर तामाङग
  • मनाङ्ग १ पोल्देन छोपाङ गुरुङ्ग
  • कास्की २ रविन्द्र प्रसाद अधिकारी
  • मुस्ताङ     १ प्रेम प्रसाद तुलाचन
  • म्याग्दी १ भुपेन्द्र बहादुर थापा
  • बागलुङ १ सुर्य प्रसाद पाठक
  • डोल्पा १ धन बहादुर बुढा
  • मुगु १ गोपाल बहादुर बम
  • बाजुरा १ लाल बहादुर थापा
  • बझाङ्ग १ भैरव  बहादुर  सिंह
  • दार्चुला १ गणेश सिंह ठगुन्ना
  • बैतडी १ दामोदर भण्डारी
 
मओवादी केन्द्रबाट निर्वाचितहरु
 
  • मोरङ्ग ४ अमन लाल मोदी
  • मोरङ्ग ५ शिव कुमार मंडल (केवट)
  • सोलुखुम्बु १ हेम कुमार राई
  • सिन्धुपाल्चोक १ अग्नि प्रसाद सापकोटा
  • लमजुंग १ देव प्रसाद गुरुङ
  • बागलुङ २ देवेन्द्र पौडेल
  • रुकुम पूर्व १ कमला रोका
  • जाजरकोट १ शक्ति बहादुर वस्नेत
  • रुकुम पश्चिम १ जनार्दन शर्मा
  • दाङ २ कृष्ण बहादुर महरा
नेपाली काङ्ग्रेसबाट निर्वाचितहरु
 
  • मोरङ्ग २ मिनेन्द्र प्रसाद रिजाल
  • रसुवा १ मोहन आचार्य
  • काठमाडौं १ प्रकाश मान सिंह
  • काठमाडौं ४ गगन कुमार थापा
  • काठमाडौं ६ भिमसेन दास प्रधान
  • काठमाडौं १० राजेन्द्र कुमार के.सी.
 
नयाँ शक्ति पार्टी, नेपालबाट निर्वाचितहरु
 
  • गोरखा २ डा. बाबुराम भट्टराई
 
सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचितहरु 
 
  • सप्तरी २ उपेन्द्र यादव
 
स्वतन्त्रबाट निर्वाचित
  • हुम्ला १ छक्क बहादुर लामा

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.