सिमा क्षेत्रमा सुरक्षा कडा नाकामा तालिम प्राप्त कुकुरहरू छोडियो

कपिलवस्तुमा निर्वाचनलाई मध्यनजर गरि सीमा क्षेत्र सुरक्षा ब्यवस्था कडा परिएको छ । मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको दिन नजिकदै जादा सीमा क्षेत्रमा तालिम प्राप्त कुकुरबाट निगरानी बढाइएको छ ।
सीमा क्षेत्रबाट निर्वाचनको अगाडि हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न विशेष निगरानी बढाइएको हो । निर्वाचनलाई भयरहित बातावरणमा गराउनका लागी कुनै कसर बाँकी नराख्ने सुरक्षा संयन्त्रको तयारी रहेको छ । निर्वाचन बिथोल्नका लागी सीमा नाकाबाट आपराधिक कार्यका गर्नका लागी हातहतियार, बिस्फोटक पर्दाथ ओसार पसार नियन्त्रण गर्न विशेष तयारी समेत गरिएको बताइएको छ ।
कपिलबस्तुको कृष्णनगर, मर्यादपुर र पकडीमा कुकुरबाट निगरानी गरिएको प्रहरी सहायक निरक्षक ढाका राम पोख्रेलले जानकारी दिनुभयो । तालिम प्राप्त कुकुरले ५ मिटर गहिरो जमिन मुनी र ५ देखी १० मिटर लामो वरिपरिको शंकास्पद बस्तु पता लगाउने क्षमता भएको पोख्रेलले बताउनुभयो । पोख्रेलको कमान्डमा ४ जना प्रहरी २ वटा कुकुर सहितको टोली परिचालन गरिएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.