सुरक्षाकर्मी को खोजतलासमा लापरबाही

नुवाकोट, १ पुस - एक महिनाअघि मिनीट्रक दुर्घटनामा परी हराएका तार्केश्वर गाउँपालिका–२ तारुकाका गणेशश्याम नेपाल आज मृत अवस्थामा भेटिएका छन् ।
मंसिर ३ गते विदुर नगरपालिका–९ कोलनीमा बा२ख ६३४३ नंको मिनीट्रक दुर्घटना हुँदा हराएका ४४ वर्षका नेपाल घटनास्थलमा नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
टिपर दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले उद्धार गरी चालकसहित तीनजनालाई उपचारका लागि अस्पताल पठाएको थियो । टिपरमा नै सवार नेपाललाई दुर्घटनापछि नभेटिएको भन्दै खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
सवारी दुर्घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजतलासमा लापरबाहीले हराएका अधिकारीको शव एक महिनापछि दुर्गन्धित अवस्थामा घटनास्थलमा नै भेटिएको हो
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्