उम्मेदवार लाई लक्षित गरि बम बिस्पोट मानवीय क्षति भने भन

मंसिर १६, २०७४ तेह्रथुम : चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका-१, आङ्दिममा शनिबार बम विस्फोट भएको छ।  शुक्रबारे बजारमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा विजय सुब्बा, माओवादी केन्द्रकी नेत्री तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेता चढेको गाडीलाई लक्षित गरी आङ्दिममा बम विस्फोट भएको प्रहरीले जनाएको छ।  तेह्रथुम र धनकुटाको सीमा तेलिया खोलानजिकै आङ्दिममा भएको सो विस्फोटमा परी मे१ज२०२ नम्बरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको घटनास्थल पुगेका प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए।  तर, गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल रहेको उनले बताए। सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ। बम राख्नेको पहिचान हुन नसकेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए। 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.