मलेशिया मा नेपाली नेपाली बिचको झगडामा एक नेपालीको मृत्यु




मलेसियामा नेपालीबीच झगडा, एक जनाको मृत्यु

    



फाइल तस्बिर
Valyou 2
मलेसिया, १७ मंसिर – मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको होअधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।
उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।
उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.