पिृमियर लिग साबिक बिजेता चेल्सी वेष्टह्याम युनाइटेड सङग १-० ले पराजित

प्रिमियर लिग : चेल्सी वेष्टह्यामसँग पराजित
प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता चेल्सी वेष्टह्याम युनाइटेडसँग १-० ले पराजित भएको छ।
वेष्टह्यामलाई घरेलु मैदानमा विजयी गराउन खेलको छैटौँ मिनेटमै मार्को अर्नाउटवभिकले गरेको गोल नै निर्णायक बनेको हो। यस सिजन चेल्सीको यो चौथो हार हो। हारपछि चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमायो भने १६ खेलबाट ३२ अंकका साथ तेस्रो स्थानमा यथावत रह्यो।
प्रिमियर लिगमा १५ खेलबाट ४३ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ।
यता सिजनको तेस्रो जितपछि १६ खेलबाट १३ अंक जोडेको वेष्टह्याम १८औँ स्थानमा छ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.