मलेसियामा चार नेपाली सहित सातको मृत्यु, १६ जना बिरामी


  असोज २, २०७५ मगलवार १६:८:२९ | 
मलेसिया – विषाक्त रक्सी पिउँदा मलेसियामा चार नेपाली सहित सात जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा अरुमा एक भारतीय, एक बंगलादेशी र एक मलेसियन नागरिक रहेका छन् । १६ जना बिरामी परेका छन् । तीमध्ये १३ जना नेपाली कामदार रहेका छन् ।
बिरामी भएकाहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको स्थनीय प्रहरीलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहको छ ।सभार  उज्यालो अन्लाईन बाट 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.