सफल मानिएका मन्त्री आउट आलोचक भनिएका भित्रीए । सरकारि गाडी देखि ट्याक्सी सम्म

काठमाडौ-पहिले सफल ठानिएका अहिले असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हटाएका छन्।
ऊर्जामन्त्रीको रुपमा राम्रो कार्य सम्पादन गरेर नाम कमाएका गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीका दिएका दिए।तर उनी बुधबारको मन्त्रीपरिषदको हेरफेरको सिकार भएका छन्।विष्टको ठाउँमा रामेश्वर राय यादवलाई ल्याइएको छ।
यस्तै सामान्य प्रशासन मन्त्रालयको हैसियतमा रहँदा चर्चा कमाएका तर संघीय मामिला तथा संदीय सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विवादमा तानिएका लालबाब पण्डितलाई पनि ओलीले हटाएका छन्।
उनको ठाउँको चुनावका बेला सूर्य चिह्नमा लडे पनि आफूलाई स्वतन्त्र सांसद बताउने हृदेश त्रिपाठीलाई ल्याइएको छ।यता, सरकारको गठबन्धनमा रहेको समाजवादी पार्टीका उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हैसियत खोसेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिममेवारी दिइएको छ। त्यसलाई कतिपयले ‘अपमान’को रुपमा अर्थ्याएका छन्।
यस्तै पूर्व माओवादीमा एकै समूहमा रहेका वर्षमान राम बहादुर थापा बादल र वीणा मगरको मन्त्री पद सुरक्षित रह्यो।यस्तै शक्ति बहादुर बस्नेत मन्त्रीमै रहिरहँदा र नयाँ मन्त्री लेखराज भट्ट आउँदा पूर्व माओवादीबाट प्रतिनिधित्व गर्ने भनिएका जनार्दन शर्मा फेरि मन्त्रीपरिषदमा प्रवेश पाउन सकेनन्।
ओलीले मन्त्रीपरिषद फेरबदल गर्ने क्रममा आफ्ना कट्टर आलोचकलाई पनि मन्त्रीको पद दिएर आलोचनाबाट बच्ने प्रयास गरेका छन्। पूर्व एमालेमा प्रभावशाली मानिने घनश्याम भुसाललाई कृषि तथा तथा पंक्षी मन्त्रालयको जिम्मा लगाइएको छ।यता, रामवीर मामन्धर जो वामदेव गौतमका लागि सांसद पद छाडन् तयार थिए, उनलाई पछि हट्न लगाएका ओलीले हाल आएर शहरी विकास मन्त्रालयको राज्यमन्त्री बनाएका छन्।
यस्तै थममाया थापा जसले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट हात धुनु परेको छ।उनी लालबाबु पण्डितसँगै ओलीले पहिलो पटक विस्तार गरेको मन्त्री परिषद्मा सहभागी थिइन्। थापाको ठाउँमा साधारण तारेखमा रिहा भएका सांसद पार्वत गुरुङलाई ल्याइएको छ भने मातृका यादवलाई हटाएर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई बनाइएको छ।
उक्त मनालयको राज्यमन्त्री भने मोतिलाल दुगड हुन पुगेका छन्। यता, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइएको छ भने उक्त मन्त्रालयको राज्यमन्त्ती नवराज रावतलाई बनाइएको छ।
ओली निकट मानिने रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयबाट हात धुनु परेको परेको छ जहाँ वसन्त कुमार नेमवाङ मन्त्री भएर आएका छन्।
साभार देश सञ्चार
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्