
भक्तपुर भदौ ८ । कोरोनाका कारण भक्तपुर र विराटनगरमा दुई जनाको मृत्यु भएको छ ।
भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
यस्तै विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु अस्पतालले जनाएको छ ।
बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको थियो ।
उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ बजे नै मृत्यु भएको थियो । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेको पाईएको छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्