उदयपुरमा पुनः बम विस्फोट भएको छ । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको हो । बम बिस्फोटमा परी उदयपुरक प्रतिनीधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेद्वार नारायण कार्की सहित ६ जना घाइते भएका छन् ।
चुनावी कार्यक्रममा जादै गरेका कांग्रेस उम्मेद्वार कार्कीलाई लक्षित गरी विस्फोट गराइएको थियो । विस्फोटबाट घाइते हुनेमा कार्की सबै कांग्रसका कार्यकर्ता रहेका छन् । बम कसले विस्फोट गरायो भन्ने बारे पत्तालाग्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुर जनाएको छ । यस अघि मंगलबार पूर्वमन्त्री एवं उदयपुर क्षेत्र नम्बर एकका उम्मेद्वार डा. नारायण खड्काको गाडीलाई लक्षित गरी सुतली बम बिस्फोट गराइएको थियो भने सोमबार नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीको गोठमा पनि अज्ञात समूहले बम विस्फोट गराएको थियो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्