खबर भित्रको खबर श्रमिक खबर मलेशिया
हालसालै मलेसिया मा कार्यरत एक नेपालिले नेपाली लाई नै गालिगलौज गर्दै कुटपिट गरेको भिडियाे सार्बजनिक भएको छ !गल्ती नै हुदा पनि कम्पनीले कार्बाही गर्नसक्छ तर नेपालिले नेपाली माथी नै एस्तो दुव्र्यवहार गर्दा नेपालिले आफ्नै दाजुभाइ माथी गर्ने बिश्वास पनि हराउन थालेका छन प्रदेशमा भयर पनि एउटा नेपालिले अर्को माथी आफै दमन गर्न थाले पछि अरु जस्ले पनि यो ब्याबहार गर्नसक्छ !अब हामी आफ्नै बाट असुरक्षित हुन्छौ भने पराइ को त झन कुनै कुरै नगरौ !!!
यो भिडियो हेर्नुहोस !
राष्ट्रपतिद्वारा ओली प्रधानमन्त्री नियुक्त
तस्वीर कपीराइटRSS
राष्ट्रपति विद्या देवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।
राष्ट्रपतिका प्रमुख निजी सचिव भेषराज अधिकारीका अनुसार आज दिउँसो चार बजे भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराउने छिन्।
अधिकारीले भने, "राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्दै भावी सरकारले शान्ति, स्थिरता र विकासका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।"
राष्ट्रपति कार्यालयले जारी गरिएको विज्ञप्ति अनुसार ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको हो।
व्यवस्था
उक्त व्यवस्थाअनुसार कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा रहेका दुई वा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्छन्।
यसअघि वाम गठबन्धनको तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताहरू शीतल निवास पुगेर ओलीको नेतृत्वमा सरकार गठनका लागि औपचारिक दावी पेश गरेका थिए।
नेकपा एमाले र माओवादी केन्द्रको गरी प्रतिनिधि सभामा २७५ मध्ये १७४ सदस्य रहेको छन्।
तस्वीर कपीराइटREUTERS
ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।
यसअघि नयाँ संविधान जारी भएपछि त्यसलाई लिएर भारतले चिसो प्रतिक्रिया जनाएका बेला उनको नेतृत्वको चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै आजै पदबाट राजीनामा दिएका थिए।
राजीनामा दिँदै प्रधानमन्त्री देउवाले भने- 'मेरो कार्यकाल सफल'
खबर भित्रको खबर श्रमिक खबर मलेशिया
- २o७४ फागुन ३ बिहीबार| प्रकाशित ११:२७:oo

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक सम्बोधनमार्फत राजीनामा दिएका छन्। सम्बोधनका क्रममा उनले आफ्नो कार्यकाल सफल भएको दाबी गरे।
उनले तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयन गरेको बताएका छन्। त्यस्तै छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध कायम गरेको उनले बताए। भने, 'भारत र चीनसँगको सम्बन्धलाई मेरो कार्यकालमा थप समानतामा आधारित बनाइएको छ।'
सम्बोधनमा उनले ६५ वर्षमा वृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गरेका छन्। 'नेपालको केही जिल्लामा औसत आयु ७० वर्ष भन्दा कम छ',सम्बोधनका क्रममा उनले भने, 'त्यसैले सरकारले उनीहरुको जीवनयापनमा सहयोग पुगोस् भनेर ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो।'
प्रधानमन्त्री देउवाले निर्वाचनका आचारसंहिताका कारण विकास निर्माणको कामहरु भने गर्न नसकेको बताए।

१४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् ।
इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका रूपमा विश्वभर मनाइन्छ ।
रोमका शासक क्लाडियसले उनलाई फाँसी दिएका थिए । क्लाडियस तेस्रो शताब्दीमा रोमका सम्राट थिए । उनले भ्यालेन्टाइनलाई किन दिए त फाँसी ?
सम्राट क्लाडियसले त्यतिवेला पूरै राज्यमा अचम्मको आदेश जारी गरे । उनको आदेशमा भनिएको थियो कि अधिकारी या सैनिकले विवाह गर्न नपाउने । उनले विवाहलाई गैरकानुनी घोषणा गरिदिए । किनभने, अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ भन्ने क्लाडियसको मान्यता थियो । विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउने उनको अड्कल थियो । तर, यस्तो हुकुमलाई सन्त भ्यालेन्टाइनले अन्यायपूर्ण भएको बताए र विरोधमा उत्रिए । भ्यालेन्टाइन विरोधमा मात्र उत्रिएनन्, उनले कैयौँ अधिकारी, सैनिक र युवा जोडीको विवाह नै गराइदिए । उनले मानिसलाई विवाह गर्न प्रोत्साहित गर्थे । यस्तो गतिविधिलाई उनले निरन्तरता दिए ।
जब राजा क्लाडियसले यस्तो कुरा थाहा पाए त्यसपछि उनी निकै क्रोधित बने । र, भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । १४ फेब्रुअरीको दिन उनलाई फाँसी दिइयो र भिया फ्लामिनियामा दहन गरियो । यही दिनलाई प्रेम दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।
उनीसँग जोडिएको अर्को पनि कथा छ । भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनले एक जेलरकी छोरीलाई मन पराएका थिए । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलोपटक ग्रिटिङ दिएका थिए । एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, ‘फर योर भ्यालेन्टाइन ।’ जुन उद्धरण आजको दिनमा पनि प्रयोग गरिन्छ । यो पनि विश्वास छ कि जब भ्यालेन्टाइनको मृत्यु भयो, अकस्मात् उनकी प्रेमिकाले आँखा देख्न थालेकी थिइन्, नयाँ पत्रिकाले एक सामग्री छापेको छ
यसकारण सम्भव देखिँदैन शुद्धीकर
Advertisment
२२ माघ, काठमाडौं । ‘प्राइम मिनिस्टर इन वेटिङ’ केपी ओलीले १६ माघमा कालोधनलाई करको दायरामा ल्याउन सरकारी कार्यक्रमको आवश्यकता औंल्याए ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई सम्बोधन क्रममा ओलीको भनाइ थियो, ‘पैसा अन्डर ग्राउन्ड भएको छ अनि कसरी लगानी बढ्छ ? मुलुकको विकासका लागि अवैध पैसालाई पनि बजारमा आउन दिनुपर्छ ।’
Advertisment
उनको भनाइलाई कतिपयले भावी सरकारको सम्भावित आर्थिक नीतिका रुपमा औंल्याएका छन् भने केहीले अवैध सम्पत्ति आर्जन गरेको समूहको बोली बोलेको बताउँदै आलोचना गरेका छन् ।
‘सम्पत्ति शुद्धीकरणलाई विदेशमा गम्भीर रुपमा लिइन्छ । हाम्रोमा हल्का ढंगले लिइयो,’ पूर्वकामु महालेखा परीक्षक सुकदेव खत्री भट्टराई प्रश्न गर्छन्, ‘कानुन बनाउने र नीतिगत तहकै व्यक्तिबाट यस्तो अभिव्यक्ति आएपछि तल्लो तहको अवस्था कस्तो होला ?’
उनको भनाइमा ‘अन्डर ग्राउन्ड मनी’लाई बाहिर निकाल्ने र कालो धनलाई सेतो बनाउने कुरा नेपालकै र अन्तर्राष्ट्रिय कानुनविपरीत छ । भन्छन्, ‘कर तिराएरै अन्डरग्राउन्ड मनीलाई बाहिर निकाल्दा पनि त्यसले अराजकता निम्त्याउँछ र गलत प्रवृत्तिले प्रश्रय पाउने अवस्था आउँछ ।’
केही त्यस्ता विश्लेषकहरु पनि छन्, जो सबैखाले पैसा स्वदेशी बजारमा भित्रिन नदिएसम्म मुलुकको विकास नहुने ओलीको भनाइसँग सहमत देखिन्छन् । कालो धनलाई लगानीका रुपमा बजारमा आउन दिनुपर्ने उनीहरुको तर्क देखिन्छ ।
नेपालमा कालोधन कति छ ? प्रश्न स्वाभाविक हुन आउँछ । तर, त्यसको आकारबारे कसैले खोजी गरेको पाइँदैन ।
विश्लेषकहरुले कुल गार्हस्थ उत्पादन (जीडीपी)को ५५ प्रतिशतबराबर अनौपचारिक अर्थतन्त्र रहेको औंल्याउँदै आएका छन् । र, अनौपचारिक अर्थतन्त्रको करिब आधा हिस्सालाई कालो धनका रुपमा परिभाषित गर्न सकिने उनीहरुको राय छ ।
अर्थ-राजनीतिक विश्लेषकहरुको भनाइमा अनौपचारिक क्षेत्र जति बढ्छ, त्यति नै कालो धनको आकार पनि बढ्दै जान्छ ।
कालो धनको यही भुलभुलैया पर्गेल्न हो, ०६४ सालमा सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापना गरेको पनि । स्थापनाको दशकनजिक पुग्दै गर्दा उक्त विभागले त्यस भुलभुलैयामा ‘इन्ट्री’ र ‘एक्जिट’ नै फेला पार्न सकेको देखिँदैन ।
हालसम्म विशेष अदालतमा दायर भएका ३९ वटा मुद्दामध्ये केहीका आरोपितले सफाइ पाइसकेका छन् । गत १० माघमा सफाइ पाएका गुण्डा नाइके चक्रे मिलन पछिल्ला उदाहरण हुन् ।
विभागले उनीसहितका पाँच गुण्डा नाइकेविरुद्ध अवैध सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो, ५ जेठ ०७० मा । उनीहरुमध्ये दीपक मनाङे (राजीव गुरुङ)ले यसअघि नै सफाइ पाइसकेका छन् । गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्धका मुद्दा विचाराधीन छन् ।
विभागका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धि करिब एक हजार निवेदन आएका छन् । तीमध्ये कतिपय सीधा विभाग र केही राष्ट्र बैंकको वित्तिय जानकारी एकाइमा आउँछन् ।
स्रोत नखुलेको सम्पत्तिलाई संसारभर आपराधिक क्रियाकलापबाट आर्जित या त्यसैमा प्रयोग हुने रुपमा लिने गरिएको छ । आतंकवादी गतिविधि, जघन्य अपराध र भ्रष्टाचारसँग जोडिएको छ, यो विषय । एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको आलोचना हुनुको कडी पनि यही हो ।
के हो सम्पत्ति शुद्धीकरण ?
अवैध गतिविधिबाट आर्जित धनलाई यस्तो सूचीमा राख्ने गरिन्छ । र, अवैध गतिविधिबाट आर्जित सम्पत्तिलाई शुद्धीकरण गर्न अपनाईने सम्पूर्ण प्रक्रिया नै सम्पत्ति शुद्धीकरण हो ।
सन् १९२० को दशकमा अमेरिकामा विभिन्न अपराधको माध्यमबाट केही व्यक्तिले प्रशस्त धन जोडे । अपहरण, लागूपदार्थको ओसारपसार, हत्याजस्ता अपराध गरेका थिए, सम्पत्ति आर्जन गर्न ।
त्यस्तो सम्पत्ति लाभ हुने क्षेत्रमा लगानी गर्न थालेपछि राज्यले आर्जनको स्रोत खोज्यो । र, उनीहरु कानूनी छिद्र खोज्नतिर लागे ।
एक आपराधिक समूहका नेता थिए, एल्गोर । उनैले कानूनी छिद्र केलाउने क्रममा लुगा धुने व्यवसाय (लन्ड्री)मा राज्यको ध्यान नभएको फेला पारे । त्यतिबेला अमेरिकामा लुगा धुने कामलाई तल्लो स्तरको मानिन्थ्यो ।
त्यसबाट पर्याप्त राजश्व नआउने भएकाले राज्यले करको दायरामा ल्याएको थिएन । र, लुगा धुने व्यवसायबारे कुनै अभिलेख पनि राखिएको थिएन ।
कानुनको त्यही छिद्रमा खेल्दै आपराधिक व्यक्ति/समूहले लन्ड्री व्यवसायमा ठूलो लगानी भित्र्याए । र, अवैध सम्पत्ति वैध बनाउन सफल भए ।
तर, त्यो लामो समय टिकेन । सरकारले अवैध धनलाई वैधता दिएको पत्ता लगाएपछि छानविन समिति गठन गर्यो । सोही समितिको सिफारिसका आधारमा उनीहरुको सबै सम्पत्ति जफत गर्दै १० वर्षको जेल सजायँ तोक्यो ।
सम्पत्ति शुद्धीकरणलाई ‘मनी लन्डि्रङ’ नाम दिनुको कारण पनि यसमा लुगा धुने व्यवसाय जोडिनु थियो । र, त्यसयता नै हो, सम्पत्ति शुद्धीकरणलाई अपराधको कोटीमा राख्न थालिएको पनि ।
सम्पत्ति शुद्धीकरण आफैंमा अपराध होइन
सम्पत्ति शुद्धीकरण आफैंमा अपराध होइन । यसलाई सम्बद्ध कसुरहरुको सह-उत्पादन (बाई-प्रोडक्ट) का रुपमा हेरिने गरेको छ । किनकि, अवैध सम्पत्ति आर्जनको सम्बन्ध अनियमित गतिविधिसँग सीधा जोडिएको हुन्छ ।
सम्पत्ति आर्जनका मूलतः दुई विधि छन्, वैध र अवैध । राज्यका कानुनको परिधिमा रहेर वैध सम्पत्ति आर्जन गरिन्छ । त्यसविपरित कर छली, चोरीडकैती, हत्या, अपहरण, लागूऔषध ओसारपोसारलगायत माध्यमबाट आर्जित सम्पत्तिको वैध स्रोत हुँदैन ।
यही कारण हो, स्रोत नखुलेको सम्पत्तिलाई अवैध आर्जनका रुपमा लिइनु पनि । भ्रष्टाचार आफैंमा अपराध हो । र, त्यसमार्फत् आर्जित धन लगानी र व्यवस्थापनको पाटो सम्पत्ति शुद्धीकरणको दायरामा पर्छ ।
सरकार
प्रकाशित मिति : २०७४ माघ १९ शुक्रबार
काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराज दुईदिने नेपाल भ्रमणका लागि बिहिबार भारतीय वायुसेनाको विमानबाट नेपाल झरिन् । अपरान्ह ४ बजे काठमाडौं अवतरण गरेकी स्वराजले औपचारिक रुपमा दुई पक्षसँग मात्रै भेटघाट गरिन् । एउटा एमालेको प्रतिनिधि मण्डल र अर्को मधेशी दलहरुको प्रतिनिधि मण्डलसँग ।
स्वराजले नेपालमा गर्ने भेटघाटलाई दुईकित्तामा विभाजन गरेर भेटघाट सुरु गरे । उनले अबको ५ वर्षसम्म सहयात्रा गरेर जानुपर्ने दलहरुसँगको भेटलाई प्राथमिकतामा राखेकी छिन् भने बाँकी दलहरुलाई कम प्राथमिकतामा राखेको देखिएको छ ।
स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछिन् ।
स्वराजको बिहिबारको भेटघाट गरेका पार्टीहरुबीच गठबन्धन हुँदा आगामी ५ वर्षको लागि सहजै सरकार गठन र सञ्चालन गर्न सकिने अवस्था रहेको छ । स्वराजले गठबन्धनलाई महत्व दिएकी थिईन् भने उनले राजपाका नेताहरुसँग भेटघाट गर्नुपूर्व माओवादीका नेताहरुसँग भेटघाट गर्नु पर्ने थियो ।
तर, स्वराजको यो भेटघाटले भारत बाम एकताको लागि भन्दा पनि नेकपा एमाले र मधेशी दलबीचको सहकार्यमा सरकार गठनको पक्षमा भारत रहेको आशंका समेत गर्न थालिएको छ ।
स्वराजको यो आकस्मिक भ्रमणले एउटा कित्ता के स्पष्ट गरिसकेको छ भने भारत अहिले पटकपटक धोका दिने प्रचण्डलाई बदला लिने तयारीमा भारत रहेको छ ।
राजनीतिलाई भित्रैदेखि बुझेका राजनीतिका चतुर खेलाडी प्रचण्डले स्वराजको भ्रमण अघि नै अहिलेको अवस्थाको बारेमा बुझिसकेका थिए होलान् । तर, उनको यो भ्रमणको पहिलो कार्यतालिकासँगै यो कुरा सतहमा आएको छ कि प्रचण्ड वास्तवमै समस्यामा छन् ।
प्रचण्डले बिहीबार मात्रै काभ्रे पुगेर वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाएका थिए । काभ्रेपलाञ्चोकमा प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ ।
उनले ईंकित गरेको प्रतिक्रियाबादी को हो भन्ने कुरा त उनले नै विस्तारै पर्दा खोल्दै जालान् । तर, यत्तिकुराचाहि पुष्टि भईसकेको छ कि साँच्चिकै अहिले बाम गठबन्धन धरापमा परिसकेको छ ।
प्रचण्डले पछिल्ला ५ वर्षको समयमा भारतलाई दिएको धोकाको भारत एकाएक हिसाव किताव गर्न चाहन्छ । प्रचण्डले संविधान निर्माणको समयदेखि सुशील कोइराला नेतृत्वको सरकारलाई असहयोग गर्नेहुँदै चीनसँको ओभिओआरमा गरेको हस्ताक्षरसम्मको घटनले भारत प्रचण्डसँग यस अघि नै रिसाएको हो । यस्तो अवस्थामा मधेशी दलहरुसँगको गठबन्धनमा सरकार बनाएर प्रचण्डलाई भारतले पाखा लगाउने रणनीति देखिएको छ ।
मधेशीदलहरुसँग मिलाएर सरकार बनाउँदा भारतलाई हुने फाईदाहरु
पहिलो फाईदा एकातिर काँग्रेस र माओवादीलाई प्रतिपक्षमा राखिसकेपछि र गठबन्धन तुहाईसकेपछि ओली भारतप्रति यति आश्रित हुन्छन् कि भारतको चित्त मात्रै दुखाउन खोजेभने मधेशी दलहरुको प्रयोगगरी दुईवर्षमा नै ओलीको सरकार ढाल्न सक्छ भारतले । त्यसैले यसरी माओवादीलाई सत्ता बाहिर राखेर काम गर्दा ओलीले खुल्ला हृदयले चीनसँग सहकार्यको हात फैलाउन पाउने छैनन् ।
पहिलो फाईदा एकातिर काँग्रेस र माओवादीलाई प्रतिपक्षमा राखिसकेपछि र गठबन्धन तुहाईसकेपछि ओली भारतप्रति यति आश्रित हुन्छन् कि भारतको चित्त मात्रै दुखाउन खोजेभने मधेशी दलहरुको प्रयोगगरी दुईवर्षमा नै ओलीको सरकार ढाल्न सक्छ भारतले । त्यसैले यसरी माओवादीलाई सत्ता बाहिर राखेर काम गर्दा ओलीले खुल्ला हृदयले चीनसँग सहकार्यको हात फैलाउन पाउने छैनन् ।
दोस्रो फाईदा गठबन्धन तुहाईसकेपछि भारतले प्रचण्डलाई सबक सिकाउने राम्रै वातावरण बन्न सक्छ । यस अघि किस्ताबन्दीमा प्रचण्डले भारतलाई दिएको धोकाको हिसाव किताव भारतले ओली मार्फत् नै गराउने छ ।
यसरी बाम गठबन्धन फुटाएर सरकार बनाउन सकेको खण्डमा एकातिर एमालेभित्रै असन्तुष्टिको चाङ देखिन्छ भने अर्को तिर बलियो प्रतिपक्षी र कमजोर सत्तापक्ष हुँदा विकासको काम एकातिर गर्न नसकिने र अर्को तिर चीनसँगको सम्बन्धलाई पनि थप अघि बढाउन नसक्ने अवस्था सरकारसँग रहन्छ । यस्तो अवस्थामा भारत आफ्ना स्वार्थहरु पूरा गर्न पनि सफल हुनसक्छ ।
नेपालमा जे गरेपनि आफूले भने अनुसारको संविधान संशोधन नहुने भएपछि भारत संविधान संशोधनलाई भन्दा सरकारलाई नै आफ्नो वशमा पार्ने दाउमा लागेको देखिन्छ । भारतले यो सबै स्वार्थ पूरा गर्नको लागि माओवादी रहित ओली नेतृत्वको सरकार गठन गर्न लागेको देखिन्छ ।
काँग्रेस र माओवादी प्रतिपक्षमा बसे बन्छ सरकार ?
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको कुल १ सय ६५ सिटमा वाम गठबन्धनले ११८ सिट ल्याएको छ । जसमा वाम गठबन्धनभित्र एमाले एक्लैले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपा १ ले एक सिट ल्याएको छ । वाम गठबन्धनकै सहयोगमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङदेनले जितेका हुन् । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम नेपालले १० सिट जितेका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको कुल १ सय ६५ सिटमा वाम गठबन्धनले ११८ सिट ल्याएको छ । जसमा वाम गठबन्धनभित्र एमाले एक्लैले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपा १ ले एक सिट ल्याएको छ । वाम गठबन्धनकै सहयोगमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङदेनले जितेका हुन् । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम नेपालले १० सिट जितेका छन् ।
समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएपनि सिट संख्या यकीन भईसकेको छैन । यद्यपि समानुपातिकमा एमालेको कम्तिमा ४० सिट आउने देखिएको छ । यस्तो अवस्थामा एमाले एक्लैको कूल १ सय २० सिट हुन्छ । सरकार गठनको लागि आवश्यक पर्ने बाँकी १८ सिटमा राजपाको प्रत्यक्ष तर्फको ११ सिट र समानुपातिक तर्फको सम्भावित ७ सिट गर्दा सहजै बहुमत ओलीको पक्षमा पुग्ने आकलन भारतको छ ।
यस्तो अवस्थामा संघीय समाजवादी फोरमलाई पनि भारतले मिलाउन सक्यो भने ओली झनै ओलीको पक्षमा नै धेरै सांसद् हुने देखिएको छ । यस बाहेक राष्ट्रिय जनमोर्चा, एमालेकै सहयोगमा जितेका राजेन्द्र लिंदेन जस्ता सांसद्हरुलाई पनि मिलाएर ओलीको सरकार बन्न सक्छ ।
यस्तो अवस्थामा ओली बलियो प्रतिपक्ष सहित सरकारमा जानेछन भने संसद्को दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने छ । यस्तो भारतीय डिजाईनलाई ओलीले कत्तिको स्वीकार्छन् त्यो भने हेर्न बाँकी नै छ ।
म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण
खबर भित्रको खबर श्रमिक खबर
याङ्गुन । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।
सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उहाँको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ ।
पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।
राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने, उनको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।
आक्रमणकारीहरुको खोजी जारी रहेको उनले बताए । उनले भने, “बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।”
विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन ।
साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन ।
पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।
विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उनको नै बढी आलोचना भएको थियो ।



