राजिनामा दिदै प्रधानमन्त्री देउवाले भने मेरो कर्यकाल सफल

राजीनामा दिँदै प्रधानमन्त्री देउवाले भने- 'मेरो कार्यकाल सफल'

खबर भित्रको खबर श्रमिक खबर मलेशिया 
Nepal Live

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक सम्बोधनमार्फत राजीनामा दिएका छन्। सम्बोधनका क्रममा उनले आफ्नो कार्यकाल सफल भएको दाबी गरे।
उनले तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयन गरेको बताएका छन्। त्यस्तै छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध कायम गरेको उनले बताए। भने, 'भारत र चीनसँगको सम्बन्धलाई मेरो कार्यकालमा थप समानतामा आधारित बनाइएको छ।'
सम्बोधनमा उनले ६५ वर्षमा वृद्धभत्ता दिने सरकारको निर्णयको बचाउ गरेका छन्। 'नेपालको केही जिल्लामा औसत आयु ७० वर्ष भन्दा कम छ',सम्बोधनका क्रममा उनले भने, 'त्यसैले सरकारले उनीहरुको जीवनयापनमा सहयोग पुगोस् भनेर ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो।'
प्रधानमन्त्री देउवाले निर्वाचनका आचारसंहिताका कारण विकास निर्माणको कामहरु भने गर्न नसकेको बताए।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.