लेखापालको घुस कान्ड हाकिम सम्म पक्राउ

Nepal Live

 सिरहाको कल्याणपुर नगरपालिकाको घुस काण्डमा कार्यालय प्रमुख पनि पक्राउ परेका छन्। लेखापाल (नासु) जयराम चौधरीमाथि अनुसन्धान गर्ने क्रममा कार्यालय प्रमुख वासुदेव कुमार यादवको समेत संलग्नता खुलेको हो। यादवलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। आयोगको टोलीले लेखापाल चौधरीलाई चैत ४ गते २० हजार घुससहित पक्राउ गरेको थियो।
मर्मतसम्बन्धी कामको बिल भुक्तानीका लागि उनले ठेकेदारसँग २० हजार रुपैयाँ मागेका थिए। कार्यालय प्रमुखले नै भनेर आफूले पैसा मागेको बयान दिएपछि यादव पनि पक्राउ परेका हुन्
नेपाल को हरेक छेत्रमा भ्रष्टाचार को लहरो नै चलेको छ तल्लो दर्जाको पिउन देखि लिएर माथिल्लो ओहोदामा बस्ने मन्त्रीले सम्म छोड्दैनन घुस लिन अझै भन्ने हो भने त ठाँउ पाउने हो भने त के के के गर्न सक्छन त गरिब जनताको आसा र भरोसा नै ढलिसक्यो अब त जे गरे पनि जस्तो गरे पनि गरिब ले सास्ती भन्दा अरु के नै पाउन सकेका छन 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.