तेस्रो अल नेपाल फुलकन्ट्याक्ट करातेमा ७ स्वर्ण जित्दै दुई नम्बर प्रदेश टिम च्याम्पिन
काठमाडौ । तेस्रो अल क्याकुशिन बुदोकै कराते च्याम्पियनसिप प्रतियोगितामा दुई नम्बर प्रदेश टिम च्याम्पियन भएको छ ।
“राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने” मुल नाराका साथ शनिबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सम्पन्न भएको प्रतियोगितामा दुई नम्बर प्रदेशले ७ स्वर्ण पदक सहित कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ् ।
“राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने” मुल नाराका साथ शनिबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सम्पन्न भएको प्रतियोगितामा दुई नम्बर प्रदेशले ७ स्वर्ण पदक सहित कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ् ।


साथै ५ स्वर्ण सहित २१ पदक जितेको प्रदेश नम्बर ४ उप बिजेता हुँदा, १ रजत सहित ६ पदक जितेको ३ नम्बर प्रदेशले तेस्रो स्थानमा चित्त बुझाएको छ । च्याम्पियन प्रदेश २ ले सात स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दा, प्रदेश ४ ले पाँच स्वर्ण, ७ रजत र ९ कास्य हात पार्दा, तेस्रो भएको ३ नम्बर प्रदेशले एक रजत सहित ५ कास्य पदक हात पारेको थियोे । नेपाल क्योकुशिन बुदोकै कराते संघको आयोजनामा दुई दिन सम्म चलेको प्रतियोगितामा बिभागिय टोलि नेपाल आर्मी सहित सातै प्रदेशका एक सय पचास जना महिला / पुरुष खेलाडीहरुले १२ स्वर्ण पदकका लागी प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ४ तौल समुहमा प्रतिस्पर्धा गराईएको नेपाल क्योकुशिन बुदोकै कराते संघका कोषाध्यक्ष एवं प्रतियोगिताका मुख्य जुरि धनबहादुर तामाङले जानकारी गराउनु भयो । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचीव केशव कुमार बिष्ट र क्योकुशिन बुदोकै करातेका प्रमुख प्रशिक्षक राजेन्द्र सुबेदीले पुरस्कार बितरण गरेका थिए
साभार News24
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्