सुन तस्कर गोरे, भुजुङ र छिरिङलाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शुरु

रातोपाटि 
51Shares

काठमाडौं– सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’, राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङ्गेललाई काठमाडौं ल्याइएको छ । जिल्ला अदालत मोरङको आदेशले मोरङ कारागार र सुनसरीको झुम्का कारागारमा थुनामा रहेका उनीहरुलाई सोमबार विहान सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागमा उपस्थित गराएको बताइएको छ ।
जिल्ला अदालत मोरङले म्याद थप गरेसँगै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ‘गोरे’, भुजुङ र छिरिङले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान गर्ने भएको छ ।   
२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङ उनको सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरीङ वाङ्गेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गर्ने गरेको निष्कर्ष निकाल्दै सुन तस्करी छानविन गर्न बनेको समितिले उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
पछिल्लो समय चुडामणि उप्रेती ‘गोरे’को समुहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरिङको संलग्नता रहेको सुन तस्करी छानविन समितिले निष्कर्ष निकालेको थियो । छिरीङ लामो समयदेखी सुन तस्करीमा संलग्न रहेको समितीको छानविनबाट खुलेपछी जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो ।
एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो ३३ किलो सुन भुजुङ गुरुङ्गको डिजाईनमा छिरिङ वाङ्गेल र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानविन समितीको निष्कर्ष छ । ३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा ‘गोरे’ ले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछी सुन प्रकरण बाहिरएिको थियो ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.