मन्त्री पन्डितले डाक्टर केसि लाई भने -अनशन ले समस्याको समाधान हुदैन

मन्त्री पण्डितले डाक्टर केसीलाई भने- अनशनले समस्याको समाधान हुँदैन
फागुन २३, २०७४
काठमाडौं : जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले सानोतिनो कुरामा बन्द, हड्ताल, अनशनले समस्याको समाधान नहुने बताएका छन्।
महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा पास आउट डाक्टरहरुको बिदाइ कार्यक्रममा मन्त्री पण्डितले भने, 'समस्याको समाधान बसर गर्नुपर्छ। तालाबन्दी र बन्द हड्तालले समस्याको समाधान हुँदैन। झगडा मिल्छ रगडा मिल्दैन' पण्डितले भने। मन्त्री पण्डितले पास आउट भएर जाँदै गरेका डाक्टरलाई देश र जनताका लागि काम गर्न आग्रह गरे।
उनले काठमाडौं मात्रै नेपाल नभएको भन्दै देशका दुर्गम क्षेत्रमा गएर देश र जनताको सेवा गर्न आग्रह गरे। उनले भने, 'काठमाडौं मात्रै नेपाल होइन। जाजरकोट, बाजुरा, कञ्चनपुर, सिरहा, सप्तरी, मोरङ, झापा यी सबै नेपाल हुन्। तपाईंहरुले काम गर्दा यस्ता क्षेत्रका जनताले सेवा पाउने हिसाबले गर्नुस्।'

कार्यक्रममा डाक्टर भगवान् कोइरालाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि लालबाबु पण्डित जस्तो इमानदार मन्त्रीको आवश्यकता रहेको बताएका थिए।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्