त्रिभुवन अन्तरास्ट्रिय बिमान्स्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना (भिडियोसहित)





विमान दुर्घटनापछि भएकाे अागलागी। तस्विर साैजन्य: प्रशान्त अर्याल
विमान दुर्घटनापछि भएकाे अागलागी। तस्विर साैजन्य: प्रशान्त अर्याल
त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।
दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।
विमानमा आगो लागेपछि अहिले दमकलले आगो नियन्त्रणको प्रयास भइरहेको प्रत्यक्ष दर्शीले बताएका छन्।
विमान दुर्घटनामा परेपछि त्रिभुवन विमानस्थल उडान तथा अवतरण रोकिएको छ।
घटनाको विस्तृत विवरण आउने क्रममै रहेको छ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.