११ – अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘ट्रान्स प्यासिफिक पार्टनरसिप’ (टिपिपी) बाट बाहिर निस्कने सम्बन्धी कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको छ । चुनावी अभियानको बेला नै ट्रम्पले टिपिपीलाई निस्क्रिय पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । टिपिपी व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया सम्बन्धको प्रमुख आधार मानिएको थियो । तर ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गर्नुभएको हो । टिपिपीमा १२ देश सहभागी थिए ।
जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहितका देशसँग आर्थिक सहकार्य बढाउने उद्देश्यले ओबामाले टिपिपी सम्झौता गर्नुभएको थियो । यसमा सबै काममा श्रमिकको हित, वातावरणीय संरक्षण, प्रतिलिपि अधिकार, पेटेन्टसहितका अरु कानुनी कुराको रक्षा गर्ने उल्लेख थियो । तर ट्रम्पले भने टिपिपीले गर्दा अमेरिकामा भविष्यमा गम्भीर अप्ठ्यारो पर्ने बताउनुभएको थियो । टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारका लागि ठूलो कुरो रहेको बताउनुभयो
टिपिपि बाट बाहिर निस्कने
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्