प्रदेशिको दसै फेसबुक र मेसेजमा

२०७४/०६/१४ असोज
मलेशिया
बिगतका बर्ष झै यसपालि पनि घुमेर आयो रे दशै भन्छन गाउँ घरमा रमाइलो छ सबैका घर घर मा खसी काटि बसेका छन त कति का चुलो बलेका छैनन त कति नेपाली बुबा आमा श्रीमती छोराछोरी को मन मा खुशी भने देख्न पाइन्दैन ती कलिला छोराछोरी ले आफ्नो बाबा आउने बाटो कुरेर बसेका छन त ती श्रीमती आफ्नो श्रीमान को पर्खाइ मा छन भने बुबा आमा आफ्नो छोरा को यादमा त्यो आखाभरी टिलपिल आँसु बनाइ छोरा लाई नि कुरि बस्नु भएको छ भने साथी भाइ कतिले मेरो सम्झना गर्दैछन होला तर प्रदेशी हामी छोराछोरी लाई भने कुनै दशै छैन कुनै तिहार छैन कुनै रमाइलो अनि कुनै खुशी त्याही खुशी खोज्न प्रदेश जादा आज आफै दुखि भएछु पैसा को रुख मा पसेको छु कतिले रियाल टिप्नु हुदैछ भने कतिले दिराम अनि मैले पनि रिङ्गेट को रुख मा पसेको छु त्यो रुखले कहिले भुइँमा झार्छ अनि मनाउछु भन्ने बिचार मा छु छैन मन पनि दुखी बाहिर त हासेको छु छैन कुनै पिडा भित्र भित्रै दबाएको छु सबैले शुभकामना दिदैछन मैलेनि हासेर बधाई फिर्ता गर्दैछु तर कस्लाइ थाहा छ र यो हाम्रो दुख यो हाम्रो दुख सधै त्याही मरुभूमि को बगरमा रुमलिएको छु आमा म आउछु कुनै दशैमा फर्केर न दुखाउनु त्यो मन न भिजाउनु त्यो चोली न रुहाउनु आफै लाई दुख भएनी हासेर मान्नु सुख भएनी हास्नु हामी प्रदेशि को के नै छ र त्याही खुशी मा त हामी पनि रमाउछौ त्यो खुशिको पल नै हाम्रो लागि सहानुभूति र एउटा आनन्द महसुस गर्छौ अनि मन बुझाउछौ खाली निधार पनि टीका ले भरिएको सम्झन्छौ रहर त छ नि हामिलाइ पनि संगै बसेर रमाइलो गर्न हासेर बस्न सम्झेको छु त्यो लिङ्गे पिङ सम्झेको छु त्यो दुख को दिन अनि त्यो बालापन हातमा केरा बोकेर हिडेको दिन भुलेका छैनौ त्यो एउटा माहान पर्व दसैको दिन आजै हो सम्झेर बसेका छौ हामी दुई चार जना छैनौ आमा चालीस लाख नेपालिको निधार खाली छ आज म जस्तै सबै दुखी नै छन म जस्तै घरको यादमा नै छन मैले पनि यिनै साथीहरू लाई हेरेर आफ्नो मन बुझाएको छु तेसैले म खुशी छु बाहिर कहिले रुदिन दुखी पनि हुदिन तर पनि भित्री मन पोलेको छ आत्मा रोहेको छ अनि दुखित पनि धेरै छु भित्री मनको कुरा बाहिर ल्याउने प्रयास नै गरेको छैन तर पनि सकेको छैन आफैलाइ थाम्न आज को दिन तेसैले त मेरो दसै रियाल दिराम र रिङ्गेट मा छ आमा तेसैले
सबैलाइ बिजया दशमी को मंगलमय शुभकामना शुभकामना शुभकामना

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.