हिमाल कार्की लेख्छन् मेरो यात्रा मुग्लान तिर

नमस्ते सम्पुर्ण नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनी हरुमा
मेरो नाम हिमाल कार्की
हाल कार्यरत देश खोला पारी मलेशिया
जन्म स्थान  पुर्बी उत्तर खोटाङ धितुङ्ग 3गैरी हलेशी महादेबस्थान बाट पुर्बी गा बि स
हालैको बसोबास मोरङ्ग बिराटचौक चित्रेटोल
म एउटा साधारण पारिवारिक र परिबेस मा जन्मे हुर्केको मान्छे मेरो पढाई 2064 सालको SLC लेबल सकेर बसेको हु तेस्तै सिलसिला मा साथीहरू सङग बिदेश जाने निधो गरे 2064 साल मै बिराटनगर बाट मैले पासपोर्ट बनाएर केही दिन मा म काठमाडौं आएक थिए एप्लाइ गर्न को लागि त्याहा आए पछि मलाइ थाहा भयो म मात्रै हैन म जस्ता हजारौं युवा हरुको पनि त्याही पिडा देखे बिदेश जान को लागि हरेक मेनपावर मा लाम्बद्द लागेको देख्दा मेरो मन मा अनेकौं कुरा हरुको खुलदुली हुन थाल्यो त्याहा बाट मैले मेरो सोचाइ लाई बदल्दै भोलि पल्ट घर जान लाई  मोरङ्ग को लागि बस को टिकट बुकिङ गरे र घर गए फर्केको भोलि पल्ट मैले एउटा समाचार पत्र हेरेको थिए तेसमा एक सानो ठाउमा  लेखेको रैछ नेपाल पुलिस को लागि जवान हरुको आबस्यक्ता तेतिनै बेला APF आर्मी पुलिस फोर्स को लाई पनि आबेद्न खुलेको थियो मलाइ रहर थियो नेपाल आमा को रक्छ्या गर्छु मरे आफ्नै आमा को खातिर लडेर याही आमा को काख मा मर्छु भनेर मैले पनि आबेद्न बुझाए न भन्दै सबै कुरा राम्रो हुदैथियो आज पनि मलाइ त्यो दिन याद छ सबै कुरा सकियो सबै मा राम्रो नै गरेको थिए भोलिपल्ट हाम्रो लिखित परिक्षा थियो त्याही बेला एक जना सहि आएर सोध्नु भयो भाइ आफ्नो मान्छे कोहि छ मैले भने छैन सर तेसो भए तिम्रो यो सफल हुदैन  मैले बुझे पैसा को लागि रैछ त्यो कुरा गरेको मैए केही न बोली परिक्षा सकेर गए भोलिपल्ट न भन्दै मेरो नाम निस्किएन मेरो मन मा धेरै दु:खद भएको महसुस मैले गरे तेति बेला मैले आफ्नै धर्तीमाता नेपाल आमा लाई सम्झिएको थिए सबै गर्यो आमा थोरै सन्तान लाई ज्ञान दिन भुलेछौ यहि मनन गरे फेरि काठमाडौं आए त्याही आएर हामी नया बसपार्कमा बसेका थियौ बिहानि को काठमाडौं को चिसोले ले तातो चिया खोजी गरि रहेको थियो त्याही नजिकैको पसल मा गएर चिया खादै पत्रीका हेर्दै थिए त्याहा मेनपावर को नाम सहित बिदेश जान इच्छुक हरुले सम्पर्क गर्नु होला भनेर बिज्ञापन गरेको रैछ  मेनपावर को नाम सिद्ध बाबा ओभरसिज त्याही बाट मैले बिदेश जाने निधो गरे न भन्दै एप्लाइ गरेको एक महिना न बित्दै भिसा लाग्यो जब म आफ्नो घरपरिवार को आखा भरी आसुको ताल हुदाहुदै छुट्टिनु मन न हुदाहुदै आफ्नै आँखा मा आसुको पोखरी बनाउदै हात हल्लाउँदै बिदा भए हामी काठमाडौं आयौ अब बिदेश जाने दिन आयो बेलुका ५ बजे को टिकट थियो काठमाडौं बाट ढाका र त्याहा बाट मलेशिया को लागि जब म एअरपोर्ट पुगेर लाइनमा लामबद्द भए तेति बेला पनि मेरो मनले कतैबाट भनी रहेको थियो नजा नजा भनेर जब म प्लेन चढन लागे मेरो आँखा भरी आँसु भयो सबैले मलाइ टुलुटुलु हेरे म केही बोल्न सकिन मेरो मन भक्कानिएको थियो आफ्नो कर्म खोज्दै मलेशिया आए आफू त आए मलाइ राम्रो पनि छ कमाइ पनि राम्रै छ तर याही ठाउमा नेपाली दाजुभाइ हरुको बिजोग हुदा आफ्नै आखाले नियाल्दा मेरो मन सधै भरी रुने गर्छ अनि अफुले आफैलाइ धिकार्ने गर्छु त्याही माथी मलेशिया देशमा नेपालीको कुनै ठाँउ नै हुन्न रैछ सबैले हेप्ने तल झार्ने काम मात्रै हुदो  रहेछ अझै याहाका काले हरु सङग जिगिएर हिंड्न् सबैभन्दा गाह्रो को विषय बन्छ जाहा भेट्यो त्याही कुट्ने लुट्ने उस्तै परे मार्छन पनि यो दृश्य देख्दा आफ्नो आमा लाई के दोस दिनु तर नेपाल सरकार लाई भने म अबस्य धिकार्छु कि तीमिहरु जस्तो कपुत सन्तान पनि रैछौ आफ्नै दाजुभाइ दिदिबहिनी बेचेर पेट पाल्छौ धिकार्छ तिमी हरुलाइ
जय नेपाल आमा कपुत हैन अब सुपत को जन्म देउ
जय नेपाल आमा धन्यवाद
लेखक =हिमाल कार्की
हाल मलेशिया

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.