जेल जीवन बिताइरहेका नेपाली स्वोदेश फर्काउन रेस्टुरेन्ट द्वारा RM 5000 पाँच हजार सहयोग मलेशिया राजदुत लाई बुझाइयो

धमाकाबाट राजदुतावासलाई आरएम ५ हजार
क्वालालम्पुर । नेपाली राजदुतावास क्वालालम्पुरले गरेको अन्तक्रिया कार्यक्रममा मलेसियामा जेलजीवन बिताइरहेका नेपालीहरुलाई घर फर्काउन आरएम ५ हजार सहयोग प्राप्त भएको छ । दीपावलीको अवसरमा आयोजित परदेशी धमाका –२०१६ मार्फत उक्त रकम दुतावासलाई हस्तान्तरण भएको हो ।

परदेशी रेष्टुरेन्टका दिलकुमार केरुङबाट राजदुत निरञ्जनमान बस्न्यातलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । परदेशी रेष्टुरेन्ट र शेर्पा किदुगका पूर्व अध्यक्ष तेन्जिङ शेर्पाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमबाट उक्त सहयोग दुतावासलाई हस्तान्तरण गरिएको हो । थोरै सहयोग ले पनि धेरै नेपाली ले घर जान पाउने मौका पाएका छन प्रदेशको ठाउमा दुख गरि घर परिवार को दुखको साहारा बन्न खोज्दा आफु नै दुखको भुमरीमा परेको बताउछन्

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

Powered by Blogger.