फुटबल हारेको रिस पोख्न दुई युवकको हत्या भएको खुलासा
विराटनगर : मोरङको लेटाङभोगटेनी–५ मा १५ गते राती दुई युवकको हत्या गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाका मुख्य योजनाकारदेखि घटनामा संलग्नहरुलाई प्रहरीले बिभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
तिहारको अवसरमा हुने मगरहरुको हुर्रा नाच हेर्न भाइटीकाको अघिल्लो दिन लेटाङ पुगेका केराबारी ९ का सोनम गुरुङ र दिपेन गुरुङलाई लेटाङका १० युवाले पुरानो रिसिइबी साँध्ने उद्देश्यले आक्रमण गरेका प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ। आक्रमणमा परेका सोनम र दिपेनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराउने क्रममा १६ गते बिहान मृत्यु भएको थियो। हत्यामा संलग्नको आशंका गरिएकामा लेटाङ –५ का ध्वाँसे भनिने लिलबहादुर मल्ल ठकुरी (३८), लेटाङ ४ धोबीटोलका डुक्पा भनिने कपिल चेम्जोङ (१८), लेटाङ ५ का निश्चल मगर (२०), सन्तोष विश्वकर्मा (१८), विक्रम मगर (१८), उत्तम शाही (१९), कुमार बस्नेत (२३), चलाखे भन्ने सविन राई (१७), विरे भनिने आदित्य मगर (१८) र रुपन राई (२०) रहेका छन्। घटनामा ध्वाँसे भनिने लिलबहादुर मल्ल ठकुरीले छुरा हानेको खुलेको प्रहरीले जनाएको छ।
बिहीबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्दीप भण्डारीले टोल–टोलबीचको ग्याङ फाइट हुँदा ती युवाको हत्या भएको बताए। उनले घटनामा संलग्नहरुलाई जिल्ला अदालतबाट १० दिने म्याद थप गरी अनुसन्धानमा राखिएको जानकारी दिए। आरोपितहरुले हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख सन्दीप भण्डारीले बताए।
हत्यामा आरोपित पक्राउ गर्न प्रहरी सफल
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्