पुर्बको उत्तरी भागमा अबस्थित खोटाङ को चिनारी
पुर्बी उत्तर मा अबस्थित एउटा जिल्ला हो खोटाङ सबै कुराले भरिपुर्ण यो ठाउमा धेरै पर्यटकीय स्थलहरु छन पुर्बकै पशुपति भनेरचिनिने हलेशी महादेबस्थान पनि यहि जिल्लामा पर्दछ यो जिल्ला मा धेरै थरीका जातजाति हरुको बसोबास छ पहिले पुर्खा को पालामा खोट्याहाङ्ग राजाले यो ठाउमा साशन गर्ने हुदा पछि गएर यो जिल्ला को नाम खोटाङ रहन गएको बताउछन
यो ठाउमा राई लिम्बू मगर छेत्री बाहुन तामाङ सेर्पा नेवार
गरि थुप्रै जातजाति बसोबास गर्दै आएका छन पहिलेको तुलनामा हेर्ने हो भने अहिले धेरै कुरा को सुबिधा हुँदै आएको छ यातायात संचार जस्ता महत्त्वपूर्ण कुरा को बिकास ले तिब्र गति लिएको छ कटारि घुर्मी हुँदै खोटाङ दिक्तेल सम्म यातायात जोडिएको छ भने गाइघाट बाट हुँदै साउने रेग्मीटार रसुवा हुँदै दिक्तेल जोड्ने सडक ले पनि तीव्रता पाउदैछ यसरी गाउँ गाउँ मा सडक पुग्दा उदयपुर खोटाङ भोजपुर ओखलढुंगा जस्ता बिकट जिल्ला हरुका जनताले राहतको महसुस गरेका छन
खोटाङ को चिनारी
About Me
Powered by Blogger.

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्