nigoro सुनसरी/ डाँगीहाट ३ त्रीवेणी चौककी मिना राजवंशीका श्रीमान वैदेशिक रोजगारीमा छन । उनको सामान्य घरखर्च चलाँउन र चार जना छोरीको शिक्षा दिक्षामा श्रीमानकै पैशाले पुग्छ । तर, उनी घरमा टिभी र सिरीयल हेर्दै फर्सदमा तेतिकै बस्दिनन् । उत्तरी मोरङको भावन्ने जंगलमा निगुरो टिपेर पुर्व– पश्चिम राजमार्गको भावन्ने बजारमै निगुरो बेच्छिन मेहनति मिना । विहान साढे सात बजे घरबाट निगुरो खोज्न जंगलमा व्यस्त हुनु अगाडी पनि व्यस्त हुन्छिन राजवंशी । विहानको घरको सरसफाइ गर्नु । आफैलाइ र छोरीहरुलाइ खाना तयार गर्नृ । र, विद्यालय जानलाइ छोरीहरुलाइ तयार गर्नु । यस्तै कामहरु सकेर साइकलमा आधा घण्टाको पाइडल मारेपछि राजवंशी भावनी जंगलमा छिर्छिन । जंगल छिर्दा एउटा सामान्य मजेत्रो र झोला बोकेर जाँने उनी ५ घण्टा जंगलमा विताएर फर्कदा थोरैमा ३० मुठा निगुरो बोकेर निस्कन्छिन् । विहान साढे सात बजे घरबाट निस्कने राजवंशीको घर फर्काइ पनि बेलुकाको साढे सातै हुन्छ । मोरङकै वविया विर्ता २ गोइगडा कि अमृता चौधरीको दैनिकी पनि मिना राजवंशीसँगै मिल्छ । चार जना स्कुले सन्ताकि आमा उनि लगभग विहान ६ बजे नै घरबाट निस्कन्छिन । आधा घण्टा हाराहारीको साइकल सवारी पछि भावनी जंगल छिरेर ३०–४० मुठा निगुरो भेला पारेर ल्याँउछिन । र, बेलबारी पर्तिर मुल सडकमै पर्ने जंगल विचको भावनी बजारमा बेच्न राख्छिन् । १ बजेदेखि सडकमा निगुरो बेन्च राख्ने चौधरी बेलुका ७ बजेससम्मै बेच्छिन । सडकमा गुड्ने साइकल, मोटरसाइकल देखी कार अनि सार्वजनिक बसहरुबाट यात्रुहरु ओर्लिएर चौधरीको निगुरो किन्छन् । यसरी निगुरो सकाएर घर पुग्दा लगभग साढे सातै बजेको हुन्छ । भावनीको जंगलमा निगुरो खोजेर सडकमा बेच्न मिना राजवंशी र अमृता चौधरी मात्रै हैन एउटा लामै ताँती लागेको हुन्छ । जसरी निगुरो बेच्नेको ताँती रहन्छ त्यसैगरि किन्नेको पनि उस्तै ताँती रहन्छ । दर्जन बढि महिलाहरु यसरी सडकमा निगुरो बेच्दै आफ्नो घरखर्च बटुल्छन । बेच्नेहरु सबै स्थानिय चौधरी आदिवासी महिलाहरु छन् । दशैको टिकाको पर्सिपल्ट पनि उनिहरु निगुरो बचिरहेका थिए । niguro2१२ घण्टा खटाइ ६ सय कमाइ मिना राजवंशी र अमृता चौधरी जस्तै सबैजसो महिलाहरु १२ घण्टा निगुरो कर्ममा खट्छन । विहान घरबाट हिँडेको १२ घण्टामा घर आँउने मिना राजवंशीको औसत कमाइ ६ सय रुपैयाँ हुन्छ । हुन त बढिमा १६ सय सम्म कमाइ भएका दिनहर पनि हुन्छन । तर, त्यसको लागी जंगलमा धेरै निगुरो भेटिनु परो र तत्कालै विक्री हुनु पर्यो । ‘धेरै सयम राख्यो भने त निगुरो ओइलिजान्छ र बासी भन्छ त्यती लाँदैन किन्ने हरुले’, राजवंशी आफ्नो अनुभव सुनाँउछिन, ‘निगुरो कतै बासि हुन्छ ? हुँदैन । तर, ओइलायो भने २० मुठा मत्रै बिख्छ ।’ प्रति मुठा २० रुपैया दामको निगुरो नबिकेमा १५ रुपैयाँमा पनि बेचेर खर फर्कदा थोरै कमाइ भएको राजवंशीको भनाइ छ । भावनी मै निगुरो बेच्दै बोलेकि राजवंशीले भनिन्, ‘कहिले त घरपुग्दा ३०० मात्रै हुन्छ ।’बढिमा ८०० रुपैयाको निगुरो बेच्ने अमृता चौधरीले त १५० मात्रैको निगुरो बेचेको पनि अनुभव सुनाइन् । भन्छिन, ‘बन्दिको बेला कम गाडी गुड्छ त कमै बिख्छ ।’ पार्टटाइम पेशा जसको कमाइले खर–घडेरी किन्न सजिलो पार्यो वैदेशीक रोजगारीमा खाडी रहेका आफ्ना श्रीमानको पैशामा निगुरो बेचेको पैशा थपेपछि मिना राजवंशीले १ कट्ठा २ धुर घडेरी किनिन् । चार जना स्कुले छोरीहरुसँगै बसेर आफ्नो २ कट्ठा खेतमा खेतीकिसानी गर्ने राजवंशी असार र श्रावणमा धान रोपाँइमा व्यस्त हुन्छिन । कात्र्तीक र मंशिरमा धान काट्न र थन्क्याउन खट्छिन । बाँकि समय हरेक दिन हरेक हप्ता र हरेक महिना जंगलमा निगुरो टिप्न र निगुरो बेचेर सडकमा पैशा टिप्नमा व्यस्त हुन्छिन् । सोधेको कुरा खुलेर बोल्ने पौरखी राजवंशी हाँस्दै भन्छिन ‘मेरो जागीरमा विदा हुँदैन ।’ अमृता चौधरीलाइ त निगुरो व्यापार ठुलो बैकल्पिक आम्दानी भएको छ । कहिले निर्माण क्षेत्रमा काम गर्ने त कहिले खेतीकिसानी काममा व्यस्त हुने चौधरीका श्रीमान पनि कहिलेकाँहि आफै श्रीमतीसँगै निगुरो बेच्न आँउने चौधरीले बताइन् । २ बिगाहा अर्काको खेत अधिँयामा कमाउने चौधरी दम्पत्तीको आफ्नो बस्ने घर समेत साहुकै थियो । दुइ बर्ष अगाडी मात्रै आफुले बस्दै आएको घर आफ्नु भएको चैधरीले खुलाइन् । निगुरो बेच्दाबेच्दै बोल्न राजी भएकि चौधरीले भनिन्, ‘मेरो सासु पनि यहि घरमा जन्मेको हो । बल्ल बल्ल म र मेरो श्रीमानले साहुलाइ २ लाख दिएर घर आफ्नै बनाएको ।’घर–घडेरी जोड्न सहायक भएको निगुरो आम्दानीले चौधरी चेलिहरुलाइ फाइनान्सबाट ऋण खान र किस्ता तिर्न पनि निगुरो उद्यम सहायक भएको छ । राजवंशीले जीवन विकास र सहारा नामक दुइटा फाइनान्सबाट ल्याएको ऋणको किस्ता तिर्न निगुरो व्यापारले सहज भएको छ । उता, अमृता चौधरीले साहुबाट घर उकास्न र घडेरी किन्न फरवार्ड र सहरा भन्ने संस्थाबाट ल्याएको ऋणको किस्ता समयमै तिर्न निगुरो व्यापार सहयोगी भएको छ । भन्छिन, ‘छोराछोरी पढाउन र किस्ता तिर्न निगुरोले राम्रो गरेको nigoro1छ ।’ ‘घाटा त हुँदैन नि ?’ छोराछोरीलाइ स्कुल पठाँउन, घरखर्च चलाँउन र घर–घडेरी किन्न सघाउने निगुरो व्यापारमा पछिल्लो समयमा करेसामा लाँउने सागको व्यापारले भने थोरै घाटा गरेको निगुरो बेच्ने चौधरी चेलीहरु बताँउछन् । ‘घरमा हुने रायोको साग र लुरे साग सस्तो हुँदा हाम्रो कम बिक्न थालेको छ,’ अमृता चौधरी भन्छिन, ‘जंगलको साग निगुरोमा केमीकल हुँदैन तर घरकोमा हुन्छ । यो बुझ्नेले हाम्रो निगुरो किन्छ । नबुज्नेले रायोको साग र लुरे सागै किन्छ ।’ लगभग एक घण्टाको निगुरो व्यापार बारेमा गफिएर यो संचारकर्मीको प्रश्न सकिए पछि अब तपाँइहरु प्रश्न गर्नुस भन्दा अमृता चौधरी मुस्कुराइन मात्रै । मिना राजवंशीले भने प्रशन गरिनः ‘निगुरो बेचेको कुरा सम्चार हँुदा हामीलाइ घाटा त हुँदैन नि ? हिमाल कार्की बिराटचौक मोराङ हाल मलेशिया
निगुरो बाट नि घर खर्छ चलाउन सकिन्छ भन्ने उदाहरण
About Me
Powered by Blogger.
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्