हिमाल कार्की ले आफ्नो बिगत का दिनहरु एसरी सम्झिए
हिमाल कार्की पुर्बी उत्तर खोटाङ को एक विकट गाउँ धितुङ्ग गा बि स बुला पन्थे मा २०४८ साउन २३ गते जन्मिएका हु एउटा सानो साधारण परिवार मा जन्म लिएको मान्छे मेरो घर मा बुबा ममि र चार दिदीबहिनी तीन भाइ को एकै स्थान मा जन्म भयो सनै देखि विकट ठाँउ भएकै कारण दुख हरुले दिन दिन सताउनु त स्वाभाविक थियो घाँस दाउरा लेक बेशी गर्दै जीवन को बाटो मा बिस्तारै लम्कन्दै अघि बढन सिके २०५३ साल देखि श्री बुलापन्थे निम्नमाध्यमिक बिद्यालय मा अध्ययन गर्न सुरु गरेको थिए
सुर्य कुमारी लिम्बु बाट मेरो पहिलो शिक्षा भनौ वा ज्ञान को बाटो सुरु भएको थियो बिस्तारै पढाई सङगै छुट्टी को समयमा कहिले घुर्मी को भारी बोकेर घर सम्म ल्यान थाले धितुङ बाट हलेशी महादेव स्थान हुँदै च्यास्मीटार जैराघाट हिले हुँदै यात्रा तय गर्न थाले चार दिन सम्म भारी बोकेर हिंड्न् थाले पछि बिस्तारै गाइघाट र मुर्कुची देखि एक हप्ताको यात्रा लाई पूरा गर्दै घर पुग्थे संगै का साथी खेल्न जान्थे भने म नाम्ला डाेरि बोकेर पाखा र पाखेरी मा पुग्ने गर्थे सानै देखि छटाईफटाई गर्न आउदैन थियो तेसैले पनि होला सबै ले माया गर्नु हुन्थ्यो यसरी नै दिन हरु बित्दै जादा २०५८ सालमा खोटाङ को बसाइँ लाई छोडेर बसाइँसराइ गरि मोरङको डाङिहाट ६ मा झर्यौ अनि त्याही को स्कुल श्री काली उच्च माबि बिद्यालय बाट २०६४साल मा SLC लाई पुरागदै मोरङ को बेलबारी मा अबस्थित श्री भगवती उच्चमावि मा अध्ययनपछि मेरो पढाई लाई त्याही ठाउमा स्थगित गर्दै २०६६ साल मा मलेशिया को लागि कार्यथलो का रुपमा काम सुरु गरेको छु अहिले खुशी छु अनि परिवार पनि खुसीमा हुनुहुन्छ
मेरो जीवन त यस्तै भयो तर अरु कसै को पनि नहोस यति दुखी जीवन
हिमाल कार्की
हाल कार्यरत मलेशिया

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्